banner
HomeTeamNewsPress ReleasesMembershipGalleryPublicationsContact
you are here > कथा
   

लघुकथा

                                                               स्वर्गमा गरिबी   

- कृष्ण बजगाई

ब्रसेल्स, बेल्जियम

 

 

गाउँको तिरतिरे खोलाको लघु जलबिद्युत गृह मार्फत निकालिएको बिजुलीले गाउँ झलमल्ल भयो । गाउँमै पहिलोपल्ट गाविस अध्यक्षको घरमा टेलिभिजन जोडियो । टेलिभिजनबाट सबै गाउँलेहरु पहिलोपटक समाचार हेर्दै थिए ।

  • हालै आएको सुनामीका कारण जापानको अर्थतन्त्र गिर्दो अवस्थामा । बेरोजगारहरुको संख्या दशककै सबै भन्दा बढी ।
  • विश्वब्यापी आर्थिक मन्दीका कारण अमेरिकामा लाखौं मानिसले जागिर गुमाए । हजारौं मानिसहरु घरवार बिहिन ।
  • उपभोग्य वस्तुमा भएको अत्याधिक मुल्य बृद्धिका कारण युरोपका मानिसहरु आर्थिक संकटको मारमा । आआफ्ना दैनिक खर्च कटौती गर्दै ।
  • रेमिट्यान्सका कारण हाम्रो देशको ग्राह्यस्थ उत्पादनमा बृद्धि । विश्वब्यापी आर्थिक मन्दीको न्यून प्रभाव ।

समाचार सकिएपछि एक वार्डस्तरिय कार्यकर्ताले भने – ‘हउ अध्यक्षज्यू ! जे जस्तो भए नी खानलाउन त हामीले पाईरहेकै छौं । विश्वब्यापी आर्थिक मन्दीले हामीलाई छोएकै रहेनछ । स्वर्गमा त कत्रो गरिबी र बेरोजगारी पो रहेछ!

 

-------------------------------------------------------

 

अमृताकी  छोरी

 

मधुवन पौडेल

 

आमा ! मेरो आईपड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई दिउँसो तीन बजिसकेको थियो, पाँच बजे छोरी आइसक्छे ! हतारहतार छोरीको कोठातिर लागी बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा आफैँ अफिसमा आईपड् चलाउन थालेँ भने सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !"

सतीश अर्थात् अमृताको लोग्नेको दुई वर्ष अगाडि दुर्घटनामा मृत्यु भएपछि उसकी छोरी अनुस्काले नै उनीहरूको कन्सल्ट्एन्सी अफिस सम्हालेकी थिर्ई वास्तवमा अमृतालाई पनि अनुस्काले त्यति राम्रोसँग छिटो समयमा बाबुको व्यापार सम्हाल्ली भन्ने पटक्कै विश्वास थिएन उसले हेर्दा अनुस्का भान्छाको काममा सिपालु यताउती नाता कुटुम्बसँग उठबस गर्ने आफुलाई  चाहिने सामान बाहेक अरू गृहस्थीका सामान किन्न जान्ने लठ्ठक थिई  

अमृता आफ्नो जमानाको कुरा सम्झन्छे उसकी आमाले उसलाई एउटी राम्ररी घर गर्ने छोरीको रूपमा हुर्काइन्, भातभान्छाको काममा सिपालु, पाहुनापासाको राम्ररी सत्कार गर्ने, घर सफासुग्घर राख्ने आदिआदि आई..पास गर्नासाथ सतीशसँग उसको बिहे भएको थियो बिहेपछि उसले अरू धेरै कुरा सिकी, तर ती सब कुरा कसरी लोग्नेलाई खुशी पार्ने कसरी लोग्नेको घर गर्ने सम्म सीमित थिए  

बिहेपछि सतीश आफ्नो ठूलो परिवारसँग छुट्टिएर बेग्लै बस्न थालेको थियो त्यसपछि अनुस्का नजन्मुञ्जेल अमृताको संसार उसको लोग्ने घर व्यवहारमै सीमित भयो उसले लुगा सिउन सिकी, कृत्रिम फूल बनाउने तालिम लिई, घर चलाउन अझ निपूण भई उसका साथीहरू सबैजसो कतै कतै काम गर्थे, स्कूलतिर पढाउँथे पनि यदाकदा सतीशलाईएक्लै बस्न पनि पट्यार लाग्छ केही गर्ने हो कि ?” भन्दा झडङ्ग रिसाउने गर्थ्यो । किन दुःख गर्नु पर्‍यो ? आनन्दसँग बसे भइहाल्यो नि !”  सतीश अमृतालाई केवल गृहिणीको रूपमा हेर्न चाहन्थ्यो

अमृतालाई सतीशको कुरा केही खट्किन्थ्यो, तर केही प्रतिवाद गर्दैनथी त्यसपछि उनीहरू लामो समय विदेशिए सतीशले विदेशिएको केही समयपछि मात्र पाँच पाँच वर्ष अमृतालाई घरभित्रै किन राखेँछु जस्तो अनुभव गरेको थियो हत्तेरी ! समयअघि बुद्धिचाँहि पछि लागेछ हगि अमृता ? तिमीले भनेजस्तो केही गरेको भए पनि यो भन्दा बढी पैसा पाउने काम भेट्थ्यौ कि ?” अमृताले केही प्रतिक्रिया जनाएकी थिइन, उसकी आमाले उसलाई ओठेजवाफ दिन कहिल्यै सिकाइनन् एकाध वर्ष जसोतसो गरी बिताएपछि अनुस्का जन्मिहाली, अनि झन् फूल टाइम् गृहिणीभइहाली अमृतालाई यदाकदा आफु नितान्त गृहिणीको सीमित घेराभित्र बाँच्नु परेकोमा ग्लानिको आभास हुने गर्थ्यो, तर तुरुन्तै संयमित हुने गर्थी उसका लागि उसकी मृतक आमा आस्था प्रेरणाको स्रोत मार्गदर्शक सबैथोक थिइन् उनैले स्वास्नीमान्छेको धर्म भनेको लोग्नेलाई सबैतिरबाट सँधै प्रशन्न राख्ने आफ्नो गृहस्थी जीवनलाई शान्त सुखी बनाउने हो भन्ने सिकाएकी थिइन् समयले कोल्टे फेरे पनि अमृताले कहिल्यै आफ्नो आजको बिस्तारित सीमारेखा के हो भन्ने जान्न खोजिन, बरु आफ्नो धरातल भनेको आमाले सिकाएकै अनुसारको संसार हो भन्ने सपनाभित्रै आफुलाई हराइ यही नै तुस थियो उसको मनमा ! किन उसले समयमै आफ्नै चिनारी आफ्नै पहिचान राख्न चाहिन?

अहिले अनुस्काले पनि उसलाई त्यसै भन्ने गर्छे— “आमा ! तपाईंको उमेर पनि भयो धेरै दुःख गर्नुभयो अहिलेसम्म ! अब आनन्दसँग बस्नुस् !” आफ्नी छोरीले मायालु भाकामा दिएको यस्तो अभिव्यक्ति भए पनि अमृतालाई कता कता च्वास्स घोच्ने गर्छ सतीशले पनि त्यसै भन्थ्यो एउटा युग बित्दा पनि अमृताको स्थिति जहीँको त्यहीँ थियोघर गृहस्थी, भात भान्छा, किनमेल अरू सामाजिक व्यवहार ! सतीश बाँचुञ्जेल झपक्क गहनाले लादिएकी हुन्थी, शृङ्गारले उसको भौतिक देह धपक्क बलेको हुन्थ्यो।

आबुई ! भाउज्यूले कसरी मेन्टेन गर्नुभाको ? आफ्नो ...” उसका नन्दहरू जिस्काउने गर्थे तर त्योभन्दा भित्र अर्थात् अमृताको मनमा के थियो उनीहरू कहिल्यै सोच्दैनथे सतीश झन् सँधै थाकेर घर फर्केपछि छेड्ने गर्थ्यो — “आज भुतुक्कै भइयो कामको चटारोले ! तिम्लाई जस्तो आनन्द भए पो हगि अमु ?” “भनेको हो नि ! मलाई पनि काम सिकाएको भए अहिले पनि सघाउँथेँ नि !” मनमा धेरै नै बिझेको बेला अमृता यतिसम्म भन्ने गर्थी हुन अरूले हेर्दा केही नगरी यसरी जीवनभर बस्न पाउनु नै सौभाग्य होला, तर अमृताको मन भने सँधै नै आफ्नो अस्तित्व नै नभएको हो कि भन्ने पीडामा हुने गर्थ्यो तैपनि अमृता आफ्नो आँसुलाई परेलीमै बग्न दिन्नथीआफ्नी आमाले दिएको संस्कारलाई सम्झेर !

सतीशको मृत्युपछि अमृताको मनको पीडा झन् बल्झेको थियो  “दाइले सात जुनीलाई पुग्ने सम्पति कमाइदिएकै , के भो !” भन्ने नन्दहरूको तीखो प्रहारले उसको मन चिराचिरा पर्थ्यो उसले सँधै आत्मनिर्भर बन्न चाहेकी थिई, तर उसको संस्कार समयले पनि उसलाई सतीशकै भर परेर बाँच्नुपर्ने बनाइदियो अहिले उमेरले डाँडा काटिसकेको , मनमा इच्छा भएर पनि उसमा सामर्थ्य छैन तर पनि अनुस्काले सतीशले भनेझैँ— “किन केही गर्नुपर्यो? आनन्दसँग बसे भइहाल्यो नि !” भनेको सुन्न चाहन्नथी।

अमृता हर्नको आवाजले झसङ्ग हुन्छे कतिबेला पाँच बजिसकेछ ! अनुस्का घरभित्र छिरेकी थिर्र्ई यसो उठ्न पाएकी पनि थिइन  “आमा ! थकाइले भुतुक्क भएँभन्दै ब्याग सोफामा फ्याँकेर अमृताको काखमा लमतन्न परी अमृताले त्यसपछि सबैकुरा बिर्सी छोरीको कपाल मुसार्नथाली

आमालाई जस्तो मज्जा भए पो हगि ?”

अमृताको मुटु हजार सियोले घोचे जस्तो भयो तैपनि उसले भनी

हो छोरी, मेरो भाग्यै त्यस्तो !”

 

भाद्र १०, २०६६

भिमनिधी मार्ग, काठमाडौं

 
Other Links
Web Mail
   
Protected Page
 
   
 
   
Copyright © 2009 International Nepali Literary Society, New York.  All Rights Reserved.